Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

माेदी अाउने भएपछी खाल्डा टाल्दै सरकार, चालकले साेधे- ‘बौद्धको सडकमा जमेको पानीपोखरी पनि देख्नुभा छ ?’

User Photo
मङ्लबार, साउन २२, २०७५

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुने भएपछि ‘सडकमा एउटा पनि खाल्डा नराख्नू’ भन्ने सरकारको निर्देशन छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख आउने भएपछि काठमाडौंका सडकलाई चिटिक्क पारेर राख्न कुनै कसर बाँकी नछोड्न भन्दै सरकारले विभागलाई घच्घचाइरहेको छ ।

त्यसैले वर्षामै भए पनि सडक विभागका अधिकारीहरु निकै सक्रिय छन्, नभई सुख पनि छैन । अन्य समयमा धान रोप्ने खेतजस्तो बन्ने गरी पानी जम्दा पनि वास्ता नगर्ने सरकारले बेमिस्टेककै लागि भए पनि मुख्य सडकहरु सुधार गर्दा स्थानीय, सवारी चालक र यात्रुलाई सहज भएको छ ।

मंगलबार बानेश्वर चोकमा केहीबेर सवारी आवागमन नै रोकेर खाल्डा पुरियो । त्यतिबेला जाममा फसेका यात्रुले सरकारलाई ब्यंग्य कस्न भ्याए । विभागका प्राविधिकले साना-साना खाल्डा पनि खोज्दै पुरेको देखेपछि केही यात्रुले सँधै यसैगरी काम गर्न सुझाव दिए ।

स्थानीय ब्यापारीहरुले पनि विदेशी पाहुना आउने भएपछि गरिने यस्तो ‘शुभ काम’ सँधैभरि गर्ने सद्बुद्धि सरकारलाई प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना व्यक्त गरे ।

जामका फसेका एक मोटरसाइकल चालकले ठूलै विभागका स्वरमा भने,’यहाँको भ्वाङ टालियो, ठीक भयो, बौद्धको सडकमा जमेको पानीपोखरी पनि देख्नुभा’छ ?’

उनको भनाइमा सबैले हाँसेर धेरैले सहमति जनाए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.