Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

किसानलाई रु ६३ लाख अनुदान

User Photo
शुक्रबार, साउन २५, २०७५

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५० हजार उपलबध गराइएको छ । दुई पकेट क्षेत्रका लागि रु दुई लाख २५ हजारका दरले तथा चार पकेट क्षेत्रका लागि रु तीन लाखका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कुँवरले जानकारी दिए ।

यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि रु सात लाख ५० हजार अनुदान दिइएको छ । केरा पकेट क्षेत्रका लागि रु तीन लाख तथा तरकारी ब्लकका लागि रु ३३ लाख उपलब्ध गराइएको छ । सो अनुदान रकमबाट किसानले कृषि औजार, बीउबिजन, मलखाद, विषादीलगायत सामग्री खरिद गरेका छन् । ‘यसले धान, केरा र तरकारीको उत्पादनमा वृद्धि हुनाका सिाथै किसानक आत्मनिर्भर हुनेछन्’, कुँवरले भने । उक्त नगरपालिकामा आव २०७३–७४ देखि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.