Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

गाउँमा गाडी पुग्दा तरकारी उत्पादन बढ्यो

User Photo
बिहिबार, अशोज १८, २०७५

सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएपछि स्थानीयवासी तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। गमगढीदेखि धुलाचौर सडक खण्डको सोरु गाउँ पालिका–८ तारापानीसम्म गाडी गुड्न थालेपछि कच्चे, गिलाह, रुमा, आँसिधारा र साही गाउँपालिका–७ को सिप, बुम्च ख्याल्चका स्थानीय तरकारी खेतीतर्फ आर्कर्षित हुन थालेका हुन्।

बिहीबार गमगढीदेखि तारापानीसम्मको २१ किलोमिटर सडक उद्घाटन भएको थियो। सडकमा गाडी गुड्ने भएपछि आफूले उत्पादन गरेको तरकारीले बजार पाउने भएपछि स्थानीयवासी तरकारी खेतीतर्फ हौसिएका हुन्। तारापानी र सिप गाउँ नदी वारीपारी भए पनि सहजै आफ्नो उत्पादन गमगढी बिक्रीका लागि लैजान सकिने भएकाले खुसी लागेको स्थानीयको प्रतिक्रिया छ।

सिपदेखि पैदल हिड्दा पाँच घण्टा लाग्ने गमगढीमा अहिले तरकारी लिएर एक डेढ घण्टामा आउजाउ गर्न सकिने कृषक गगनबहादुर भामले बताए। उनले दुई वर्षदेखि बन्दा, तीतेकरेला, खुर्सानी, स्कुस, चिप्ले भिन्डी, भान्टा, गोलभेंडा, बदाम, केरा खेती गर्दै आएका छन्। सडक सजाल नजोडिँदै उनले आफ्नै गाउँमा तरकारी बेचेर वार्षिक डेढदेखि दुई लाख आम्दानी गर्ने र बाँकी तरकारी कुहिएर जाने गरेको बताए। सडकमा गाडी गुडन र आफूले उत्पादन गरेको तरकारी सदरमुकाम गमगढीसम्म पुग्ने भएपछि स्थानीय व्यावसायिक खेतीतर्फ लागेका छन्।

गगनले तरकारी खेतीसँगै अदुवा, खुर्सानी, बेसार, लसुन, काँक्रा, फर्सी, प्याजको व्यावसायिक खेती गरिरहेका छन्। विगतमा गमगढीसम्म पुर्‍याउन नसकिए पनि नजिकको तारापानी र सोरुकोट बजारसम्म पुगेर तरकारी बेच्ने गरेको भामले बताए। आफूले सुरु गरेपछि अहिले गाउँका सबैले तरकारी खेती सुरु गरेको उनले बताए।

विगतमा घर खर्चका लागि मात्रै गरिने तरकारी खेती गाडी घरसम्मै पुगेपछि व्यावसायिक रूपमा गर्न थालेको देवी बिष्टले बताइन्। उनले अहिले बन्दा र प्याज खेती गरिरहेकी छन्। गाडी नपुग्दा २५/३० हजारको तरकारी बेच्ने गरे पनि गाडी पुगेकाले तरकारी खेती बढाएको उनले बताइन्। सोरु गाउँपालिका–७ सिपका एक सय ७५ घरधुरीलाई लक्ष्य गरी फेज नेपाल गैरसरकारी संस्थाले जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरेको छ। उक्त संस्थाले बीउविजन, ग्रिन हाउस, तालिमलगायत प्राविधिक सल्लाह दिने गरेकाले सिप गाउँका मानिस तरकारी खेतीतर्फ आकर्षित भएको फेज नेपालका कृषि प्राविधिक देवराज फुयाल बताउँछन्।

कर्णाली प्रदेशका सांसद चन्द्रबहादुर शाही, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, छायानाथ रारा नगरपालिकाका प्रमुख, उपप्रमुख, सोरु गाउँपालिका प्रमुख, उपप्रमुख र राजनीतिक दलका नेताले गमगढीबाट तारापानीसम्मको २१ किलोमिटर सडकको उद्घाटन गरेका थिए। गाउँमा गाडी पुगेपछि बाजा गाजासहित खुसी मनाएका स्थानीय तरकारीले बजार पाउने देखेपछि हर्षित भएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.