Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

निर्माण सम्पन्न सडक सञ्चालनमा भिमदत्त नगरपालिका आफै बाधक

User Photo
मङ्लबार, मंसिर १८, २०८१
कन्चनपुर ।

कंचनपुरको भिमदत्त नगरपालिकाकाे मुख्य ठाउँमा एसियाली बिकास बैंकको ॠण सहयाेगमा सडक, सडक पेटि, ढल नाली, सडक बत्ति लगायत निर्माण सुुरु भएर निर्माण सम्पन्न भई मर्मतकाे समय सुरु भएकाे एक महिना भइसकेकाे छ ।

तर यहाँ सडक, सडक पेटि लगायत बनाउन बाकि छ भने मदन चाेकमा सडक पेटि वा पैदल हिड्ने मार्ग बनाउन बाकि छ तर निर्माण कम्पनिले बनाउन सुरु गर्दा मंगलबार नगरपालिकाले एक पत्र जारि गरि निर्माण राेक्न भनेकाे छ । पत्रमा सर्वदलिय बैठक बसि यसबारे छलफल गर्ने उल्लेख गरेकाे छ ।

निर्माण सम्पन्न भई सक्ने अवस्थामा समेत निर्णय नगर्नु भनेकाे निर्माण बाधक रहेकाे स्थानियहरुकाे बुझाई छ । यदि निर्माण गर्नु थिएन छलफल गर्नु थियो भने त्यहाँ रहेका पसल किन भत्काईए र उक्त ठनउँमा विद्युत बिस्तार किन भयाे भन्ने प्रश्न खडा भएकाे स्थानिय युवा चन्द्रकान्त भट्ट बताउछन ।

आफै बाधक किन बनेकाे भनेर नगरपालिकाका प्रवक्ता पदम राज भट्टलाई फाेन सम्पर्क गर्दा वहाकाे फाेन उठेन । यस विषयमा हामी थप फलोअप गर्ने छौ ।

# भिमदत्त नगरपालिका # समाचार # सुदुरपश्चिम

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.