Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा योजनाको कार्यान्वयनमा तीव्रता

User Photo
मङ्लबार, मंसिर २५, २०८१
कैलाली ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रमा परेका विकास योजनाहरुको कार्यान्वयनमा तीव्रता दिन निरन्तर पहल गर्दै आउनु भएको छ।

मुख्यमन्त्री शाहका अनुसार यस पटक प्रदेश सरकारबाट कैलाली क्षेत्र नम्बर २ मा १ अर्ब ६५ करोडभन्दा बढीका योजनाहरुको कार्यान्वयन हुने चरणमा रहेको छ। उहाँले परेका सबै योजना प्रभावकारी रूपमा लागू भए यस क्षेत्रको समग्र विकासमा ठूलो टेवा पुग्ने बताउनुभएको छ।

मुख्यमन्त्री शाहले बजेट फ्रीज नहोस् भनेर नियमित फलोअप गर्दै योजनाको प्रगतिमा चासो देखाइरहनुभएको छ। यसैक्रममा, लम्कीचुहा नगरपालिकामा खानेपानी योजनाको कार्यान्वयनका लागि पनि विशेष पहल भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कैलालीले चालू आर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नयाँ र क्रमागत आयोजना कार्यान्वयनका लागि आवश्यक समन्वय गर्न पत्राचार गरेको छ।

नगर प्रमुख सुशीला शाहीले लम्कीचुहामा खानेपानीका क्षेत्रमा हाल १ अर्बभन्दा बढीको लगानी भएको बताउँदै योजनाहरु प्रभावकारी रूपमा अघि बढिरहेको जानकारी दिनुभयो।

मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेश सरकारका योजनाहरुले कैलाली क्षेत्र नम्बर २ मा पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। स्थानीय लाभग्राहीले पनि योजना कार्यान्वयनमा सकारात्मक सहभागिता जनाइरहेको जनाइएको छ।

 

# कमल बहादुर शाह # मुख्यमन्त्री # सुदूरपश्चिम

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.