Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

नायिका आँचल शर्माले आकाश श्रेष्ठलाई जोडी बनाएपछि……….

User Photo
बुधबार, साउन १६, २०७५

नायक पल शाहविना चलचित्रमा नै नदेखिएकी नायिका आँचल शर्माले पहिलो पटक ‘ब्ल्याक’ नामक चलचित्रमा आकाश श्रेष्ठलाई जोडी बनाएकी छिन् । आँचललाई पलविना चलचित्र खेलाउन अप्ठ्यारो छ भन्ने चर्चा पनि चलचित्र बजारमा सुनिन्छ । तर, आँचल र पलले यो कुराको खण्डन गरिसकेका छन् । आँचलले अब सोलो नायिकाको रुपमा मात्र चलचित्र खेल्ने बताइसकेकी छिन् ।

म्यूजिक भिडियोमा आँचलको जुन खालको क्रेज छ, त्यो चलचित्रमा बन्न सकेको छैन । उनले, चलचित्रका लागि अझै पनि मिहिनेत गर्नुपर्ने देखिन्छ ।

तर, म्यूजिक भिडियोमा समेत महंगो पारिश्रमिक लिएर काम गर्दै आएकी आँचलले चलचित्रमा पनि महंगो पारिश्रमिक डिमाण्ड गर्न थालेकी छिन् ।

छायांकनमा जान लागेको एक चलचित्रका लागि नायिका आँचल शर्मालाई अफर गरिएको थियो । तर, उनले ५ लाख डिमाण्ड गरिदिइन् । निर्माणपक्ष र आँचलविच कुरा हुँदै जाँदा उनी साढे ३ लाख भन्दा तल झरिनन् ।

आँचललाई साढे ३ लाख दिन सो चलचित्रको निर्माणपक्ष तयार भएन । यसैले, यो चलचित्रमा अर्की नायिका राखिएको छ । आँचलको यो डिमाण्ड पुरा गर्न के अन्य निर्माता तयार होलान् त ? चलचित्र ‘ब्ल्याक’को रिलिजपछि आँचलको यो डिमाण्ड तलमाथि हुने कुरामा दुइमत छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.