Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

निलम कार्कीको ‘योगमाया’लाई मदन र शान्तदास मानन्धरलाई जगदम्बाश्री पुरस्कार

कार्की र मानन्धरलाई २-२ लाख

User Photo
सोमवार, भदौ ११, २०७५

काठमाडौँ : मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीले आज कार्कीलाई दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि पनि दुई लाख रहनेछ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित मानन्धरलाई यस वर्ष २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय भएको जानकारी दिए ।

मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइँया’, नयनराज पाण्डेको ‘यार’, राज माङ्लाकको ‘लुम्बिनी गाउँ’ र मोहन वैद्यको ‘हिमाली दर्शन’ पनि परेका थिए । त्यसमध्येबाट मदन पुरस्कारका लागि विद्रोहिणी चरित्र भएकी योगमायाको जीवनीमा आधारित ‘योगमाया’ छनोट भएको गुठीद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थिय  ।

विसं २०४५ मा मदनशम्शेरकी पत्नी जगदम्बाको निधनपछि उनको सम्झनास्वरुप जगदम्बाश्री पुरस्कार स्थापना गरिएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.