Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

अाज यमपञ्चकको चौथो दिन- गोवर्धनपूजा

User Photo
बिहिबार, कार्तिक २२, २०७५

अाज कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।

भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ।

गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश पाइन्छ। गोवर्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ।

धार्मिक ग्रन्थअनुसार गोबर्धन पूजाको दिन बलिराजाको पूजा गरिन्छ। यो दिन राम्रो लगाउने, नाचगान गर्ने, मिठो खाएर रमाइलो गर्नुपर्ने शास्त्रमा उल्लेख छ। रमाइलो नगरे वर्षदिनसम्म गरेका धर्मको फल बलिराजालाई जानेछ भन्ने वरदान भगवान् विष्णुले बलि महाराजलाई दिएको पुराणमा उल्लेख भएकाे पुराणज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्।

उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ। देउसीसँगै स्थान विशेषअनुसार बालन, खैंजडी भजन गाउने्खेल्ने चलन पनि छ। यो अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ। बिहीबार नै गाई, गोरुको पूजा पनि गरिँदैछ। गाई, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छोडिदिने चलन छ। लक्ष्मीको स्वरूप अाैँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा उपयुक्त हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। स्थानीय गाईको दूध बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ। दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन्।

गोबर र गहुँतमा असाध्य रोग निको हुने अौषधीय गुण हुने बताइन्छ। गाईलाई सनातन वैदिक समाजमा लक्ष्मीकै स्वरूप मानी पूजा गर्ने चलन छ। नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधेको डोरो (रक्षासूत्र) यो दिन गाईका पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने लोकविश्वास छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.