Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

प्रियंकाले मिडियालाई देखेर इन्गेजमेन्टको औंठी निकालिन्

User Photo
बुधबार, साउन २३, २०७५

प्रियंका निकै लामो समयदेखि अमेरिकी गायक निक जोनाससँगको आफ्नो सम्बन्धका कारण चर्चामा छिन् । विभिन्न भारतीय मिडियाले उनले आफ्नो जन्मदिनको मौका पारेर इन्गेजमेन्ट गरेको दाबी गरिरहेका छन् । उनले निकसँग विवाह गर्नका लागि सलमान खानको नयाँ फिल्म ‘भारत’ बाट बाहिरिएको बताइएको छ ।

प्रियंकालाई हालै सिंगापुरमा आयोजित निकको कन्सर्टको डान्स गरिरहेको देखिएको थियो । सिंगापुरमा छुट्टी मनाएपछि प्रियंका भारत फिर्ता भएकी छिन् ।

फर्कने क्रममा उनले एयरपोर्टबाट बाहिरिँदै गर्दा लगाइरहेको औंठी फुकालेकी छिन् ।

३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !
भास्कर डट कममा प्रियंकाको एउटा भिडियो राखिएको छ । जसमा उनले एयरपोर्टको भिआईपी लाउन्जबाट निस्किरहेका बेला आफ्नो औंठी निकालिन् र त्यसलाई आफ्नो जिन्स पाइन्टको खल्तीमा राखिन् ।

भारतीय मिडियाका अनुसार प्रियंकाले एयरपोर्ट बाहिर भएका क्यामराम्यान देखेपछि आफ्नो औंठी फुकालेकी हुन् । उनले फुकालेको औंठीलाई ‘इन्गेजमेन्ट रिंग’ भनी दाबी गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.