Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ रिलिज

User Photo
सोमवार, भदौ २५, २०७५

फिल्म ‘छक्का पञ्जा ३’मा समावेश दोस्रो गीत रिलिज भएको छ। सोमबार फिल्ममा समावेशपछि उमेर ढल्किन्छ बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। अर्जुन र दीपकराज गिरीको शब्द समावेश गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका प्राय: कलाकारहरू फिचरिङ छन्। नवलपरासीको सास्वत धाममा खिचिएको भिडियोमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ र दीपिका प्रसाइँ फिचर्ड छन्। दीपाश्री निरौलाको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ३’मा दीपकराज, जितु, केदार, वुद्धि, दीपिकासँगै निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला लगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहनेछ। फिल्म दशैंको फूलपातीमा रिलिज हुनेछ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.