Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

यसकारण हिट हुनसक्छ वरुण र अनुष्काको चलचित्र ‘सुई धागा’

User Photo
शुक्रबार, अशोज १२, २०७५

वरुण धवन र अनुष्का शर्माको अभिनय रहेको चलचित्र ‘सुई धागा’ भारतीय बक्स अफिसमा रिलीज भएको छ । शरत कटारियाको निर्देशनमा बनेको यो चलचित्रमा वरुण/अनुष्कासँगै रघुबीर यादवको अहम भूमिका पनि देख्न पाइनेछ ।

आदित्य चोपड़ा र मनीष शर्माको प्रोडक्शन रहेको यो चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने सम्भावना रहेको छ ।

सुई धागा हिट हुनसक्ने पाँच कारणहरु

१) वरुण/अनुष्काको जोडी :वरुण धवन र अनुष्का शर्मा यो चलचित्रमार्फत पहिलो पटक एकसाथ देखिनेछन् । जोडीका साथ यो पहिलो प्रयोग भएपनि ट्रेलरमार्फत प्राप्त भएका प्रतिक्रियाका आधारमा यो जोडीलाई दर्शकले मन पराएका छन् ।

२) वरुण धवनको आफ्नै रेकर्ड : स्टूडेंट ऑफ द ईयर मार्फत डेब्यू गरेपछि अहिलेसम्म वरुणका कुनैपनि चलचित्र फ्लॉप भएका छैनन् ।

३) चलचित्रको राम्रो प्रमोशन : वरुण र अनुष्काले चलचित्रको प्रमाेशनका लागि ठूलो मेहनत गरेका छन् ।

४) प्रतिस्पर्धा छैन : सुई धागासँग कुनै पनि ठूलो बजेटको चलचित्र रिलीज भएको छैन । अघिल्लोसाता रिलीज भएको चलचित्र मनमर्जियां र बत्ती गुल मीटर चालूले त्यती राम्रो प्रदर्शन गरेका छैनन् त्यसकारण वरुण(अनुष्काका लागि फिल्ड खाली छ ।

५) फ्यान् फॉलोइंग : वरुण र अनुष्का दुवैको अलग/अलग फ्यान फॉलोइंग छ । यस्तोमा दुवै स्टारको चलचित्र हेर्नका लागि दर्शकहरु सिनेमाघर पुग्नेछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.