Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

‘नालापानी’को टिजरमा अंग्रेज नेपाल युद्ध (भिडियो)

User Photo
शुक्रबार, अशोज १२, २०७५

भिएफएक्सको अधिक प्रयोग भएको सिनेमा ‘नालापानी’ को आधिकारिक टिजर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौँमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो। टिजर सार्वजनिक भएसंगै सिनेमामा प्रयोग गरिएको भिएफएक्स इफेक्टको विशेष तारिफ गरिएको छ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज र नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो सिनेमा निर्माण भएको गरिएको हो।

सिनेमामा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ।

पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन्। रिमेश अधिकारी निर्देशित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।

बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस सिनेमालाई रामशरण उप्रेतीले छायांकन गरेका छन्।

[youtube https://www.youtube.com/watch?v=kNssnlTkXyo]


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.