Kanoon Post
शनिबार, बैशाख ८, २०८१/ April 20, 2024,
शनिबार, बैशाख ८, २०८१

‘तिम्रो घरको वरिपरी’ युटुब ट्रेन्डिङको पहिलो स्थानमा

‘म यस्तो गीत गाउँछु २’ काे गित हाे ‘तिम्रो घरको वरिपरी’

काठमाण्डाै ।

बिहिबार सार्वजनिक भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत युटुब ट्रेन्डिङको पहिलो स्थानमा रहेकाे  छ । यो गीत सार्वजनिक भएको वुढासुब्बा डिजिटलको युटुब च्यानल ह्याक भएको छ । च्यानल ह्याक भएपनि गीतले भने १ नम्बरमा स्थान जमाएको छ ।

सार्वजनिक भएको ४ दिनमा १४ लाख भन्दा बढी भ्यूज पाएको यो गीतलाई दर्शकले रुचाएका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका छ । सांगीतिक प्रेमकथामा यो चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading