Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

‘इन्काउन्टर’ मा मारिएका तामाङका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

User Photo
बुधबार, साउन २३, २०७५

काठमाडौँ । सोमबार भक्तपुरमा प्रहरीको गोलीबाट मारिएका निसान खड्काका हत्या अभियुक्त गोपाल तामाङ र अजय तामाङका परिवार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।

अभियुक्त तामाङद्वय प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुन वा प्रहरीले हत्या गरेको हो निष्पक्ष छानविनको माग गर्दै आयोगमा निवेदन दर्ता गरेका छन् ।

गएको आइतबार पेप्सिकोलाबाट ११ बर्षका बालक निसान खड्कालाई उनीहरुले अपहरण गरी भक्तपुरमा हत्या गरेका थिए ।

सोमबार प्रहरीले उनीहरुलाई भक्तपुरको सुर्यविनायक माथि जंगलमा इन्काउन्टर भएको दावी गरेको छ ।

प्रहरीले इन्कान्टर भएको दावी गरेपनि प्रत्यक्षदर्शीहरुले भने इन्कान्टर झुटो भएको बताएका छन् ।

प्रत्यक्षदर्शीले तामाङद्वयलाई घरको कोठाबाटै प्रक्राउ गरी लिएर गएको बताएका छन् । प्रहरीले भने उनीहरुसँग दोहोरो भिडन्त भएको र त्यसक्रममा मारिएको बताएपनि परिवारले विश्वास गर्ने आधार नभएको भन्दै आयोग पुगेका हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.