Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

‘फरार’ राज्यमन्त्री अभिराम अदालतमा उपस्थित

User Photo
सोमवार, साउन २८, २०७५

सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित भएका छन् । २ नम्बर प्रदेशका  सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित भएका छन्

२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले कुटेर हत्या गरेका थिए ।

सोही मुद्दाका फरार अभियुक्त शर्मा सोमबार अदालतमा उपस्थित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र कुमार खड्काका अनुसार राज्यमन्त्री शर्मा सोमबार ११ बजेपछि अदातमा उपस्थित भएका हुन् ।

शर्मा कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै अदालतमा उपस्थित भएका थिए ।

यस मुद्दामा १ः३० बजेदेखि बहस शुरु हुने बताइएको छ ।

शर्माको निवेदनमा अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको जनाएका छन् । यसअघि अदालतले परमादेश जारी गरेपछि राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुसँग भेटेर कुराकानी गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.