Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

सामुहिक बलात्कार प्रयास- पिडितलार्इ झन पिडा दिदै प्रहरी, अामा बचाउन गएका छाेराहरू नै प्रहरी थुनामा

User Photo
मङ्लबार, साउन २९, २०७५

रमित पाण्डे, लम्की । कैलालीकाे लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा समुहिक बलात्कारकाे प्रयास भएकाेछ । तर र्इलाका प्रहरी कार्यालय लम्कीले दर्ता गर्न नमानेकाे पिडितले गुनासो गरेकाछन ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया तारादेवी ताम्राकारले आफुमाथि गाउँकै युवाहरूकाे समुहले साउन २५ गते राति बल्लात्कारको प्रयास गरेको बताएकिछन । तर उजुरी गर्न जादा प्रहरीले उनकाे कुरालार्इ वास्ता नगरेपछी अाज न्यायको लागि पहल गरी दिन भन्दै ताम्राकारले पत्ररकार सम्मेलन समेत गरेकिछन ।

ताम्राकारले सोहि गाउँका २२ बर्षिया लक्ष्मण बोहोरा र बलियाका मंगल गिरी लगायतकाको समुहले साउन २५ गते राति साढे १० बजे तिर फोन गरी अपशब्द बोल्दै गालि गलौज गरेको र केहि समय पछि घरमा सुतेको समयमा आफुमाथि बलात्कारको प्रयास भएकाे पिडितकाे दाबि छ ।

पिडित ताम्राकारका अनुसार, उनी प्रतिकार गरेर बच्न सफल भर्इन तर त्यसकाे भाेलीपल्ट घटनाको बारे जानकारी दिन र दोषिमाथि कारबाहिको माग गर्दै उनी इलाका प्रहरी कार्यालय लम्कीमा पुगिन तर किटानी जाहेरी दिदा समेत प्रहरीले दर्ता नगरी दिएको गुनासो उनकाे छ ।

घटनाको सत्य तथ्य छानबीन गरी दोषि माथि कारबाहि गर्नुको साटो किटानी जाहेरी दिदा समेत प्रहरीले विभिन्न बाहाना गदै आलटाल गर्ने गरेको उनले बताएकी छन । दोषि लाई कारबाहि गर्नुको साटो प्रहरीले राति घरमा आएकालाई किन प्रतिकार गरेको भन्दै उल्टै आफुमाथि मुद्धालगाई आफ्ना छोरा १९ बर्षिय अरुण ताम्राकार र २२ बर्षिय हेमन्त ताम्राकारलाई थुनामा राखेको गुनासो गरेकी छन ।

महिलामाथि रातिको साढे १०ः३० बजे तिर सुतेको कोठामा अर्धनग्न अवस्थामा प्रबेश गरी बलातात्कारको प्रयास गर्ने ब्यक्तिको नाममा किटानी जाहेरी समेत दिदा पक्राउ नगरेको, आफ्नो मुद्धा दर्ता नलिएको भन्दै न्यायका लागि सम्पुर्ण पत्रकार तथा न्याय प्रेमि संग पहल गरी दिन आग्रह गरेकी हुन ।

यस्तै दलित महिला संघ कैलालीकी अध्यक्ष बालकुमारी सुनारले घटनाको बारेमा आफुलाई जानकारी हुदा साथ पिडित र प्रहरी संग जानकारी लिएको तर प्रहरीले घटनालाई आलटान गरी स्थानिय स्तरमै मिलाउन दबाव दिई रहेको बताएकी छन ।

महिलामाथि बलात्कारको प्रयासका साथै घरमा सुति रहकी महिलाका शरीरमा लगाएका कपडा समेत च्यातिएको घटनाको लिखित किटानी जाहेरी दिदा समेत कारबाहि प्रक्रिया अगाडि नबढनु दुखद भएको उहाको भनाई छ ।

यस्तै मानव अधिकार कर्मि धनराज विक अविरल, दलितअधिकार कर्मि ढक बहादुर विक,रमादेवी बादीले समेत घटनाको घोर भर्सना गदै दोषिमाथि कडा भन्दा कडा कारबाहिको माग गर्नु भएको छ ।

यता इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने घटनाको प्रकृति र उजुरी कर्ता पिडित तारा देवी ताम्राकारको बयान फरक परेकाले ढीलाई भएको बताउदै घटनाको बारेमा अनुसन्धान भर्इहेको बताउनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.