Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

सर्लाहीका एक दलित खलासीमाथि प्रहरी अत्याचार, रातभर निर्घात कुटेपछी भन्याे ‘निर्दाेश’

User Photo
बुधबार, साउन ३०, २०७५

सर्लाही । सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन् ।

चोरीको आशंकामा पक्राउ गरी रातभर कुटपिट गरेपछि प्रहरीले निर्दोष भन्दै भोलिपल्ट बिहान ती युवकलाई अभिभावकको जिम्मा लगायाे ।

सर्लाहीको हरिवन नगरपालिका ८ चापिनी निवासी २२ बर्षीय विशाल नेपालीलाई प्रहरीले यसरी पिटेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आइतबार रातभर राखेर पैताला, तिघ्रा, नितम्बलगायत शरीरका विभिन्न ठाउँमा पाइप नै पाइपले हानेको पीडित युवकले गुनासो गरेका छन् ।

उनले रुँदै भने, ‘बागमतीदेखि कुट्दै-कुट्दै चन्द्रनिगाहपुर पुर्याए र त्यहाँ पनि राति पाइप नै पाइपले हाने ।’ परिवारका अनुसार, विशाल अहिले थलिएका छन् ।

आइतबार साँझ बागमती बजारमा एक महिलाको सुन चोरी भएको थियो ।

त्यस क्रममा एक्कासी यही नै हो चोर भन्दै उनले खलासी काम गर्ने माइक्रो बस छेउमा यात्रु कुरेर बसिरहेका विशालालई स्थानीय वासिन्दाले समाते र अन्धाधुन्द कुटे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.