Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

बलात्कारी बचाउन निर्दाेष फसाउदै प्रहरी, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण झन शंकास्पद बन्दै

User Photo
बुधबार, भदौ ६, २०७५

कञ्चनपुर । ‘तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।’ महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् ‘मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने काेही नभएकाले प्रहरीले उसलाई फसायो ।’

उनी मात्रै नभइ नजिकबाट दिलीपलाई बुझेका गाउँले मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीपलाई निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाएकोमा स्तब्ध देखिन्थे । आजको नागरिकमा यो समाचार छ ।

महिला नजिक जान पनि लजाउने, सबैसँग डराउने र अहिलेसम्म कुनै महिलाप्रति कुदृष्टि नलगाएका दिलीपले निर्मलाको बलात्कारपछि हत्या गरेको हुनै नसक्ने अर्की छिमेकी वृद्धा लक्ष्मीदेवी विष्टले बताइन् ।

‘खानेकुरा दिँदा पनि हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो उनले भनिन् ।’ वास्तविक हत्यारा बचाउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई फसाएको स्थानीय रामसिंह विष्ट बताउँछन् ।

झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छाडेर हिँड्ने गरेको सोही गाउँकी सीतादेवी थापाले बताइन् ।

दिलीपका ८२ बर्षीय बुबा कमलसिंह विष्ट मानसिक सन्तुलन गुमाएका छोरालाई झुटो आरोप लगाएर फसाएकोमा चिन्तित थिए ।

प्रहरी कार्यालयमा छोरा भेटेर फर्कंदै गरेका कमलसिंहले भने, ‘मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ, उसले कसैको केही बिगार्दैनथ्यो ।’ सानोमा पढाइमा अब्बल रहेको छोरा कक्षा ९ मा पढ्ने बेला कुटाइ खाएपछि मानसिक सन्तुलन गुमाएको उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.