Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

निर्मलाको बलात्कार र हत्या प्रकरणः गृहमन्त्रीले संसदमै भनेका दुर्इजना अभियुक्त खाेर्इ ?

User Photo
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त मनस्थिति भएका (घटनामा निर्दोष) बिष्टलाई पक्राउ गरिएको भन्दै मृतक बालिकाका परिवार, आफन्त तथा स्थानीय आन्दोलित छन् ।

दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए । तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन । यो आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानेका छैनन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.