Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

निर्मलाकाे बलात्कार र हत्या प्रकरण: थुनामा रहेकी रोशनी बमद्वारा अाराेप अस्विकार, अनिताको बयान बाँकी

User Photo
शुक्रबार, भदौ १५, २०७५

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी उनकी साथी रोशनी बमले आरोप इन्कार गरेकी छन् ।

थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा उनीसँग लिइएको बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।

सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ता समेतको उपस्थितिमा उनको बयान लैजाँदा उनले आफू र दिदीमाथि लगाइएको सबै आरोप इन्कार गरेको स्रोतले जनाएको छ।

तपाईंहरूमाथि त यस्तो आरोप लागेको छ नि ? भनी सोधिएको प्रश्नमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप इन्कार गर्दै घटनामा दुवै दिदीबहिनीको कुनै संलग्नता नरहेको बताएकी छन्।

‘निर्मला बिहान ११ बजेतिर आफ्नो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, रोशनीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

पक्राउ गरेको ७ दिनपछि प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रोशनीको बयान लिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेकाे छ ।

निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको उनले आफ्नो बयानमा उल्लेख गरेकी छन्।

उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको समेत बयानका क्रममा बताएकी छन्।

‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।

पक्राउ गरेको ७ दिनपछि प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रोशनीको बयान लिएको हो। यसअघि पक्राउ गरेर थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेपछि प्रहरी सोधपुछ गरेको थियो।

हिरासतमा अनुसन्धान क्रममा प्रहरीले आफैंले आवश्यक सोधपुक्ष र बयान लिएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.