Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

बाेक्सी भन्दै महिला कुटेकाे अाराेपमा वडा सचिव पक्राउ

User Photo
सोमवार, कार्तिक २६, २०७५

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ का सचिव टिकाराम आचार्यलाई बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

तिलाेत्तमा नगरपािलकाकै वडा नं ४ की डम्बरकुमारी न्यौपानेलाई बोक्सीको आरोपमा आचार्यले दुर्व्यवहार गर्दै कुटपिट गरेको आरोपमा आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

प्रहरीका अनुसार आचार्यकी श्रीमती कमला र छोरी प्रतिज्ञालाई पनि पक्राउ गरिएको छ । आचार्य परिवारले आफूलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै न्यौपानेले उजुरी दिनुभएको थियो ।

डम्बरकुमारीले दिएको बयान अनुसार छोरी प्रतिज्ञाले आफूलाई कुटपिट गरेको, आमा कमलाले साथ दिएको र बुवा टिकाराम रमिते बनेर हेरेका थिए ।

घटनालाई गम्भीरता पूर्वक लिई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.