Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

विहानै प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु, काे हुन इन्काउन्टरमा मारिने ?

User Photo
बुधबार, माघ ९, २०७५

प्रहरी इन्काउन्टरमा सप्तरीमा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान, प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएकाे मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए । चौधरीमाथि २ गोली लागेको छ ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।

उनी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ ।
यस्तै उनी अरु विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ ।

तराईको सशस्त्र समूह गोइत समूहको पूर्वकार्यकर्ता उनले अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.