Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

डा. केसीकाे भारतका अन्ना हजारेलाई पत्र, हजारेले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता

User Photo
सोमवार, माघ २१, २०७५

काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले भारतमा अनसनरत अन्ना हजारेलाई पत्र लेखी उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

१६ औं अनसन फिर्ता लिएर हाल त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत केसीले लोकपाल ऐन अनुसार केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त नियुक्त गर्नुपर्ने माग गर्दै माघ १६ गतेदेखि हजारेले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । भ्रष्टाचारविरुद्धको लडाईका लागि हजारेको माग धेरै महत्वपूर्ण रहेको भन्दै केसीले नेपाली नागरिकका लागि पनि यो लडाई अनुकरणीय रहेको बताएका छन् ।

केसीले आफू पनि ७ वर्षदेखि भ्रष्टाचार र कुशासनविरुद्ध लडिरहेको भन्दै त्यसको सुरुवात मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर गरेको बताएका छन् । उनले आफू यसविरुद्ध अझै लडिरहेको उल्लेख गरेका छन् ।

केसीले आफूले १५ औं अनसनका क्रममा भएका सम्झौता कार्यान्वयनको माग राखेर १६ औं अनसन बसे पनि जनताप्रति अनुत्तरदायी सरकारले बेवास्ता गरेको र नागरिक समाजका प्रवुद्ध व्यक्तिको आग्रहअनुसार अनसन तोडेको उल्लेख गरेका छन् । यस क्रममा सरकारले न्युनतम प्रजातान्त्रिक चरित्र पनि नदेखाएको केसीले उल्लेख गरेका छन् ।

केसीले अन्त्यमा भनेका छन् ‘सामान्य अर्थमा मेरो सिकाइ के छ भने सत्याग्रह अपराजित छ । सरकारलाई जवाफदेही बनाउन र कानूनको शासन पालनाका लागि म सत्याग्रहको शक्ति र जनतामा विश्वास गर्छु ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.