Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

पाकिस्तानी कैदीकाे भारतिय जेल भित्रै ढुङ्गाले कुटी-कुटी हत्या

User Photo
बिहिबार, फाल्गुन ९, २०७५

भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् ।

पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानीहानी हत्या गरेको बताइएको छ ।

पुलिसका अनुसार घटना बुधबार अपरान्हको हो । जयपुर पुलिसका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेल बाहिर जम्मा भएका पत्रकारसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् ।

गौडका अनुसार प्रारम्भिक रुपमा जेलमा टिभीको आवाजको विषयमा विवाद भएपछि घटनाले हत्याको रुप लिएको हो ।

चार कैदीको पहिचान भइसकेको गौडले बताए ।

घटनाको सही तस्बिर सार्वजनिक होस् भन्नका लागि घटनाबारे थप अनुसन्धान भइरहेको गौडले बताए ।

घटनाको सम्बन्ध पुलवामा हमलासँग जोडिएको छ भन्ने प्रश्नमा पुलिस अधिकारीले अहिलेसम्म टिभीको आवाजको विषयमा झगडा सुरु भएको कुरा पत्ता लागेको जानकारी दिए ।

शाकरुल्लालगायत अन्य दुई पाकिस्तानी कैदीलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो । त्यतिबेला देखि उनी जेलमा थिए । उनीमाथि चरमपन्थी संगठन लश्कर ए तैएबका लागि काम गरेको आरोप थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.