Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

ज्यूँदै आगो लगाएर बृद्ध दम्पतिको हत्या, मृतक व्याजमा रकम लगानी गर्दै आएकाे स्थानियकाे भनाइ

User Photo
मङ्लबार, फाल्गुन १४, २०७५

सप्तरी । सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या भएको छ ।

खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेरभित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको हो ।

साह दम्पतिको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुरसहित टोली परिचालन गरिएको छ । घटना स्थलमा रगतको छिटा समेत भेटिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले बताएका छन् ।

मृतक साह व्याजमा रकम लगानी गर्दै आएको स्थानीयहरुले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.