Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

भारतीय वायुसेनाका दुई विमान खसालेको पाकिस्तानी सेनाकाे दाबी

User Photo
बुधबार, फाल्गुन १५, २०७५

काठमाडौं । नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । एक पाइलट पनि पक्राउ परेको उसले बताएको छ । यद्यपि स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।

त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ ।’

तर, यो भारतीय आक्रमणको जवाफ नभएको बताए । फैसलले भनेका छन्, ‘पाकिस्तानले गैरसैन्य क्षेत्रलाई निशाना बनाएको थियो, ताकि धनमालको नोक्सानी नहोस् ।’

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भने आफ्नो वायूसेनाले सिमा क्षेत्र (एलओसी) पार गरेर दुई भारतीय विमान खसालेको बताएका छन् । उनले एक विमानका पाइलटलाई नियन्त्रणमा लिइएको जानकारी पनि दिएका छन् ।

उनले टि्वटरमा लेखेका छन्, ‘पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसाइएको छ ।’

सैनिक कारबाही होइन,आत्मसुरक्षाका लागि हो : पाकिस्तान विदेश मन्त्रालय

पाकिस्तानी परराष्ट्र मन्त्रालयले आफ्नो हवाइ क्षेत्रको लाइन अफ कन्ट्रोल पार गरेकाले एक्सन लिएको बताएको छ । बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ ‘ यो भारतले गरेको आक्रमणको जवाफी हमला होइन ।’

पाकिस्तानले यस घटना गैरसैनिक भएको पनि दावी गरेको छ । मानवीय र अन्य क्षति रोक्न उक्त कदम चालेको पाकिस्तानको भनाइ छ । आत्म सुरक्षाका लागि आफ्नो अधिकार प्रयोग गरेको पाकिस्तानले बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.