Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

स्कुले बालिकालाई अप्राकृतिक मैथुन गराउने शिक्षकलाइ ५ बर्ष कैद

User Photo
शुक्रबार, फाल्गुन १७, २०७५

स्कुले बालिकालाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ परेका ५० वर्षीय खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ । गत साउन पहिलो साता पक्राउ परेका पौडेल फलेबास–६ देवीस्थानको माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

पुर्पक्षका लागि थुनामा रहेका उनीविरुद्ध जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले बुधबार कैद सजाय सुनाएको हो । उनीमाथि एक वर्षदेखि ७, १० र १२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोप लागेको थियो । ससाना बालिकालाई ललाइफकाइ र डर, त्रास देखाएर धेरै समयअघिदेखि एउटै क्रियाकलाप दोहोर्‍याएपछि अभिभावकहरूले थाहा पाएर घटना बाहिर आएको हो ।

अभिभावकको उजुरीका आधारमाप्रहरीले पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।प्रहरीका अनुसार पौडेलविरुद्ध जबरजस्ती करणी (अप्राकृतिक मैथुन) शीर्षकमा मुद्दा दर्ता भएको थियो । पौडेल २०४२ सालदेखि सोही विद्यालयमा अध्यापनरत थिए । ०६१ मा शिक्षक सेवा आयोग पास गरेर स्थायी नियुक्ति लिएपछि उनी प्रधानाध्यापक बनेका थिए । सामान्यतयाः उनको व्यवहार नकारात्मक नदेखिएको सहकर्मी बताउँछन् ।

‘विद्यालयको शैक्षिक र भौतिक उन्नतिमा निकै चासो राख्नुहुन्थ्यो । हामीले बाहिरी नजरले हेर्दा नकारात्मक थिएन,’ एक सहकर्मीले भने, ‘भित्रभित्रै त्यस्तोव्यवहार छ भन्ने हामीले सुइँको पाएकै थिएनौं ।’ स्थानीयका अनुसार पौडेलले आफूमाथि गरेको दुर्व्यवहारबारे करिब डेढ महिनाअघि नै एक बालिकाले अभिभावकलाई सुनाएकी थिइन् । एउटीले घटना सार्वजनिक गरेपछि अरू तीनलेपनि आफूमाथि त्यस्तो घटना भएको बताएका थिए ।

उक्त मुद्दामाथि अदालतले ७ वर्षीया दुई बालिकालाई यौन अपराध गरेको अभियोगमा ५ र त्यसभन्दा माथिकालाई यौनजन्य अपराध गरेको अभियोगमा ४ वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.