Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको घरमा प्रहरीकाे खानतलासी

User Photo
बिहिबार, चैत्र १४, २०७५

काठमाडौं । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा ग्रेटर नेपालको वकालत गरेर फर्केका राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालको चाबहिलस्थित निवासमा पुगेर प्रहरीले खानतलासी गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले बिहीबार भारतीय विदेश सचिव विजय गोखले नेपाल आउँदा सांकेतिक विरोध गर्ने तयारी गरेका थिए ।

नेपालले आफू घरबाहिर रहेको बेला आज बिहान ८ बजे नेपाल प्रहरीका ६ जनाले घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको जानकारी दिएका छन् । खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै उनले फेसबुकमा विरोध जनाएका छन् ।

‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा प्रशासन स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकारको पनि हनन भएको छ,’ नेपालले भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’

नेपालले हिजो फेसबुकमा स्टाटस लेख्दै गोखलेको भ्रमणको कसरी र कुन शैलीमा विरोध गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएका थिए ।

उनले लेखेका थिए, ‘भारतका विदेश सचिव विजय गोखले भोलि बिहीबार काठमाडों आउँदा कसरी र कुन शैलीमा विरोध गर्ने भन्ने विषयमा छलफल हुँदैछ । नेपाल प्रहरीले निगरानी राखेको हुन सक्छ । तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका साथीहरु सचेत र सतर्क भएर बस्नुहोला ।’

यसअघि पनि उनले भारतबाट उच्चस्तरीय भ्रमणहरु हुँदा एयरपोर्टमा कालो झण्डा देखाउने गरेका थिए । अघिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.