Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरी कोशी ब्यारेजमा फालेकाे रमिलाकाे शव २६ दिनपछी भेटियाे

User Photo
बिहिबार, चैत्र १४, २०७५

मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोशी नदीमा भेटिएको छ। नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले हत्या गरी कोशी ब्यारेजमा फालेकाे रमिलाकाे शव बुधबार भेटिएकाे हाे ।

फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव कोशी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै भेटिएको प्रहरीले बताएकाे छ ।

बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा रमिलाकाे शव फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ ।

एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै प्रेमी भनिएका योगेन्द्र गुरुङले आफूले हत्या गरेको स्वीकारेका थिए ।बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ।

याेगेन्द्रले बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।

रमिला फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए।

तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.