Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

राति ११ बजे प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा एसईईको विज्ञान विषयको परीक्षा रद्द

User Photo
बिहिबार, चैत्र १४, २०७५

काठमाडौं । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।

बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द हुन्छ’ उनले भने । रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए ।

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ल परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

तर प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.