Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

दाङमा बस बग्यो, नेपालगञ्ज डुब्यो

User Photo
सोमवार, साउन २१, २०७५

घोराही । दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

डिएसपी प्रकाश सापकोटाले धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए ।

घोराही-तुलसीपुर-लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । घोराही-तुलसीपुर सडकखण्डमा बबई, कटुवा, सेवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरु पर्दछन् ।

यसैबीच अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।

नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ । गाडी पनि चल्न सकेका छैनन् । बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ।

पानीको निकासको राम्रो प्रवन्ध नहुँदा हरेक पटक नेपालगञ्ज डुबानमा पर्दै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.