Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

चितवनमा बस र ट्रक ठोक्किए : चारको मृत्यु, १७ घाइते

User Photo
बुधबार, साउन २३, २०७५

चितवन।सवारी दुर्घटनाका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१० स्थित भानुचोकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठाेक्किदा ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको हो ।
त्यस्तै बसका चालक काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापा, यात्र ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ वर्षीय तारा बरालको उपचारको क्रममा मृत्यु भएको हो ।

राति ११ बजे भएको सो दुर्घटनमा परि १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएपछि केही बेर सवारी जाम भएको थियो ।
घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.