Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

धनकुटामा जिप दुर्घटना दुईको मृत्यु

User Photo
सोमवार, अशोज १५, २०७५

धनकुटाको साँगुरीगढी गाउँपालिकामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान साँगुरीगढी गाँउपालिका-१० तम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को१ज १८२१ नम्बरको जिप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका-१० की ३१ वर्षीया सनमाया राई र पाँचथर जिल्ला घर भई साँगुरीगढी गाँउपालिका-१० मा छोरी ज्वाइँसँग बस्दै आएकी ६१ वर्षीया माया सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। दुर्घटनामा परी अन्य १४ यात्रु घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको एसपी गुरुङले जानकारी दिए। जिप बिहान करिब सवा १० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.