Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

स्यालसँग यतीको जहाज ठोक्किएपछि…

User Photo
सोमवार, अशोज २२, २०७५

जहाजमा चरा ठोक्किएको समाचार त आइरहन्छ। तर, आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा नयाँ घटना भयो। जहाज स्यालसँग ठोक्कियो।

यती एयरलाइन्सको एटीआर-७२ जहाज आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा थियो। यही क्रममा स्यालसँग ठोक्कियो।

केहीबेरपछि विमानस्थलको रन–वेमा स्यालको रगत र मासुका टुक्रा देखियो। तत्कालै रन–वेमा दमकल लगाएर सफा गरेको विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन्। विमानस्थल टावरलाई जहाजमा स्याल ठोकिएको थाहा थिएन। तर, पाइलटले स्याल ठोक्किएको खबर गरेपछि मात्रै विमानस्थल कार्यालयलाई थाहा भएको उनको भनाइ छ।

जहाजमा स्याल ठोक्किए पनि कुनै मानवीय क्षति भएन। जहाजमा पनि कुनै ठूलो क्षति नपुगेको ठाकुरले बताए।

एयरलाइन्सको प्राविधिक टिमले जहाजमा कुनै क्षति नपुगेको निष्कर्षपछि जहाज राति नै काठमाडौं उडेको ठाकुर बताउँछन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.