Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

१३ बर्षपछी फेरी हृदयविदारक हेलिकाेप्टर दुर्घटना, नेपालकै दुई ठुला भीआईपी चढेका हेलिकप्टर दुर्घटना ताप्लेजुङमै

User Photo
बुधबार, फाल्गुन १५, २०७५

ताप्लेजुङमा १३ वर्षकोबीचमा भीआईपी चढेको दुई वटा हेलिकप्टर दुर्घटना भएका छन् । बुधवार बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटना भएपछि ताप्लेजुङमा १३ वर्षको बीचमा भीआईपी बोकेको हेलिकप्टर दुर्घटना भएको हो ।

बुधवारको दुर्घटनामा पनि अधिकांश भीआईपी छन्। मन्त्री अधिकारीसहित यति एअरलाईन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया र मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे छन्।

२०६३ भदौ ७ गते (१३ वर्षअघि) बहालवाला वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मिनासहित चढेको श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २४ जना परेका थिए। २४ जनामा अधिकांश भीआईपी र नेपालको संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व थिए।

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गरेर फर्किने क्रममा उक्त घटना भएको थियो। तत्कालीन् वन राज्यमन्त्रीसहित पूर्वमन्त्री -श्रम तथा यातायात) समेत रहेका योजनाविद् हर्क गुरुङ, डब्लूडब्लूएफ नेपालका नेपाल प्रतिनिधि चन्द्रप्रसाद गुरुङ, वन सचिव दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक नारायणप्रसाद पौडेल र पूर्व महानिर्देशक तीर्थमान मास्के, वन विभागका महानिर्देशक शरद राई, संरक्षणणविद्हरु मिङ्मा नोर्बु शेर्पा, यशिछोडेन लामा, दावाछिरिङ शेर्पा, नेपालका लागि फिनल्याण्डका राजदूत पाउली मुस्टोनेन, यूएसएआईडीका उपमहानिर्देशक मार्गरेट एलेक्जेन्डर, बिनाज आचार्य, डब्लूडब्लूएफ युकेका जील बोविङ र जेनिफर हेड्ली, म्याथ्यो पि्रस र नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंह परेका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.