Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

शव ल्याउन ४ वटा हेलिकोप्टर काठमाडौंबाट उडे, खराब मौसमका कारण ल्याण्ड गर्नै समस्या

User Photo
बुधबार, फाल्गुन १५, २०७५

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ल्याउन ४ वटा हेलिकोप्टर काठमाडौंबाट उडेको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार एयर डाइनेष्टी र सिम्रिक एयरको एक/एक वटा हेलिकोप्टरसहित नेपाली सेनाको एमआई १७ र अर्को हेलिकोप्टर पनि त्यसतर्फ गएको छ ।

यद्यपि, खराब मौसमका कारण ल्याण्ड गर्न नसकेको उनले गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘ल्याण्ड गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छ । सम्भवतः ताप्लेजुङको विमानस्थल वा नेपाली सेनाको हेलिप्याडमा ल्याण्ड हुनेछ’, उनले भने, ‘अहिले जहाँ दुर्घटना भएको हो, त्यहाँ शवहरुलाई संकलन गरिसकिएको छ । त्यहाँबाट हेलिकोप्टर ल्याण्ड हुने स्थलसम्म शवलाई बोकेर ल्याउनुपर्छ ।’

शव ल्याउन डेढदेखि दुई घन्टा लाग्ने उनले जानकारी दिए । त्यसका लागि स्थानीय प्रशासनले काम सुरु गरिसकेको पनि प्रवक्ता सुवेदीले बताए ।

घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भइसकेको छ । दुर्घटनाको कारण खराब मौसम भएको पनि उनले सुवेदीले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.