Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

बालक अपहरण प्रकरण : २ करोडबाट बार्गेनिङ सुरु, अन्तिममा ४० लाख फिरौती मागे

User Photo
सोमवार, साउन २१, २०७५

काठमाडौं। आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई छाड्न अपहरणकारीले ४० लाख फिरौती मागेका छन् ।

आइतबार राती अपहरणकारीले निशानको परिवारलाई सम्पर्क गर्दै सुरुमा २ करोड रुपैयाँ फिरौती माग गरेको परिवारिक श्रोतले बताएको छ । तर आफूहरुसँग २ करोड रुपैयाँ केही गरे पनि नहुने बताएपछि अपहरणकारीले अन्तिममा ४० लाख रुपैयाँमा बार्गेनिङ गरेका हुन् ।

मनहरी खोला नजिकैको काँडाघारीमा डेरा गरी बस्दै आएकी सिन्धुपाल्चोककी चमेली खड्काका छोरा हुन् निशान खड्का । निशानका बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै छन् ।

निशानलाई सकुशल उद्धार गर्न महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाइरहेको छ ।

यतिबेला भक्तपुरका सबै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । अहिले घटनास्थल तथा आसपासको क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अपहरितको खोजी जारी राखिएको छ ।

निशानको परिवार सामान्य निम्न मध्यम वर्गका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.