Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

बालक अपहरणकारी तामाङद्वयको प्रहरी इन्काउन्टरमा मृत्यु

User Photo
सोमवार, साउन २१, २०७५

भक्तपुर।आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । दुई अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।

इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

उनीहरु भक्तपुरको सूर्य नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा इन्काउन्टरमा परेका थिए ।

बालक निशानको भने मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।

हत्यापछि भागेर जंगलमा पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रामणको प्रयास गरेपछि जवाफी फायरिङ भएको थियो ।

प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.