Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

चियापसलकी सञ्चालकसँग ४० लाख फिरौती माग नै संकास्पद, रहस्य उजागर गर्न भन्दा, पर्दा लगाउने हतारमा प्रहरी

User Photo
मङ्लबार, साउन २२, २०७५

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेलीले मोबाइल पुरानो भएकाले नयाँ किन्ने प्रसंग निकालिन् । किन्न जान गोपाल तत्पर भए । चमेलीले १५ सय रुपैयाँ दिएपछि छोरा निशान र गोपाल नयाँ मोबाइल किन्न गए ।

फर्किएर गोपालले सिमसमेत फेरिदिए । एउटा बियर खाएर साढे सात बजे उनी पसलबाट बाहिरिए । तर, त्यतै खेल्दै गरेका निशान अबेरसम्म डेरामा आएनन् । अचानक पौने ९ बजे चमेलीको मोबाइलमा फोन आयो, ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार पार ।’ तत्कालै उनले गुहार मागिन् । छिमेकीहरू जम्मा भए । प्रहरीलाई खबर भयो । तर, रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् ।

अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालमा उत्साह जाग्यो । प्रहरीलाई फेसबुक र ट्विटरमा सलाम ठोकेर प्रशंसा पनि गरियो । यसले ‘हिरोइज्म’ जमाउने प्रहरी अधिकारीको महत्वाकांक्षा पूरा भएको छ । तर, बालकलाई किन बचाउन सकिएन भन्ने मूल विषय ओझेलमा परेको छ । प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा जंगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वतः कमजोर भएको छ । किनकि, अपहरण र हत्या किन गरिएको थियो भनेर बयान दिन सक्ने दुवैजना मारिएका छन् । उनीहरू जंगलमा भाग्दै गरेको अवस्थामा मारिएको भन्ने प्रहरीले दाबी गरिसकेकाले त्यसअघि उनीहरूले आफ्नो डेरामा दिएको बयानसमेत औचित्यहीन भयाे ।

बालक निशान खड्काका अभिभावक मिहिनेती छन । सिन्धुपाल्चोक ज्यामिरेबाट काठमाडौं झरेर आमा चमेलीले सात वर्षदेखि चिया तथा खाजा पसल चलाएकी छिन् । बाबु मलेसियामा मजदुरी गर्छन् । मिहिनेती भए पनि आर्थिक रूपमा कमजोर नै देखिन्छ । किनकि, छोरा अपहरण हुनुभन्दा केही घन्टाअघि नयाँ मोबाइल किन्दा पनि उनले १५ सय मात्र खर्च गर्न सकेकी छिन् । यो यथार्थ अपहरणकारी भनिएका दुवैजनालाई पनि थाहा छ ।

किनकि, मोबाइल किन्न स्वयं गोपाल गएका थिए र उनीहरू दुवैजना चार वर्षदेखि पसलका नियमित ग्राहक थिए । तर, सबै अवस्था थाहा भएका आरोपीले बालककी आमासँग ४० लाख रुपैयाँ मागेको घटना आपैmँमा आश्चर्यजनक छ । त्यसकारण पनि अपहरणको उद्देश्य पैसा मात्र नभएर अन्य प्रतिशोध पनि हुन सक्छ । घटनामा दुईजना मात्र नभएर पर्दापछाडि अरू पनि संलग्न हुन सक्छन् । तर, प्रहरीले आरोपी दुवैजनालाई कठघरामा उभ्याएर रहस्य उजागर गर्न होइन, पर्दा लगाउन हतार गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.