Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

धनुषामा लुटेरा समुहद्वारा गोली प्रहार, एकजना घाईते

User Photo
शुक्रबार, साउन २५, २०७५

काठमाडौं। धनुषाको मिथिला नगरपालिका–८ जमु निवासमा लुटेरा समुहले चलाएको गोली लागेर एकजना घाईते भएका छन् । करिब १०–१२ जनाको समुहमा आएका लुटेरा समुहले चलाएको गोली लागेर मिथिला–८ जमुनिवास चोक बस्ने ३८ बर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठलाई जनकपुर अञ्चल अस्पतालबाट थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको र लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गएराति श्रेष्ठको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समुहले श्रेष्ठमाथि गोली प्रहार गरेको थियो । लुटेराहरुले उनलाई घाईते बनाएर मंगलसुत्र र ब्रासलेट समेत गरी साँढे ६ तोला सुन, १५ तोला चाँदी र नगद २ लाख ५० हजार लुटपाट गरेको बताइएको छ ।

यसैबीच, काठमाडौंको कालिकास्थानस्थित पाथ सेट कन्सल्टेन्सी पछाडि पार्किङ गरिराखेको स्कुटर र सोही स्कुटरको डिक्कीमा रहेको ९ लाख रुपैयाँ चोरी भएको छ । सुनसरीको इटहरी स्थायी घर भई काठमाडौं अनामनगर बस्दै आएकी स्वेता उप्रेतीले पार्किङ गरि राखेको बा. ५० प ७६६३ नम्बरको स्कुटर र नगद चोरी भएको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.