Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

कञ्चनपुरकमा आन्दोलनले लियाे उग्र रूप- प्रहरीले चलायाे गाेली, कर्फ्यू आदेश जारी

User Photo
बिहिबार, भदौ ७, २०७५

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्।

घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.