Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

कृषि विकास बैंकका एक जना कर्मचारीले म्यानेजरको आईडी ह्याक गरी लाखौँ अनियमितता

User Photo
मङ्लबार, भदौ २६, २०७५

 बाँकेको खजूरा बजारमा रहेको कृषि विकास बैङ्कको शाखा कार्यालयमा एक जना कर्मचारीले बैङ्क प्रबन्धकहरुको आईडी ह्याक गरी लाखौं रुपैयाँ अनियमितता गरेको पाइएको छ ।

अनियमितताको घटना सार्वजनिक भएपछि व्यवसाय सहायक घनश्याम अधिकारीलाई निलम्बन गरिएको छ । ६६ लाख रुपैयाँ हिनामिना गरिसकेका अधिकारीले  गएको साउन ४ गते चार करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेपछि केन्द्रीय कार्यालयको टोलीले छानबिन सुरु गरेको हो । कृषि विकास बैङ्क खजूरा शाखाका प्रमुख सञ्जय श्रेष्ठले कर्मचारीबाट ६६ लाख रुपैयाँ बैङ्कमा दाखिला भएको जानकारी दिनुभयो ।

‘यस विषयमा आन्तरिक छानबिन चलिरहेको छ, मैले धेरै कुरा भन्न मिल्दैन’, शाखा प्रबन्धक श्रेष्ठले भन्नुभयो, ‘केन्द्रीय टोलीले छानविन गरिरहेको छ ।’ अधिकारीले एकैपटक धेरै रकम स्थानान्तरण गर्न लागेपछि पेन्डिङ्गमा बसेपछि केन्द्रीय कार्यालयले शंकास्पद भन्दै अनुसन्धान थालेको हो ।  खजूरा शाखाबाट एकै पटक दुई करोड भन्दा बढी स्थानान्तरण नहुने भएकाले चार करोड २८ लाख रुपया पेण्डिङ्गमा बसेको हो ।

अधिकारीले करिब दुई वर्षको अवधिमा थप रकम पनि अनियमितता गरेको हुन सक्ने भन्दै अनुसन्धान भैरहेको बैङ्क श्रोतले जनाएको छ । अधिकारीलाई भदौ १३ गते निलम्बन गरिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.