Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

विवाहका लागि रकम दिने बहानामा अपहरण, गिरोहका एक पक्राउ

User Photo
बिहिबार, भदौ २८, २०७५

छोरीको विवाहको लागि खर्चको जोहो गर्ने चिन्ताले पिरोलिएका राजकुमार यादवका लागि १५ दिनका लागि रकम खोजिदिने कबोल गरेका ५५ वर्षीय विन्देश्वर साह त्यतिबेला दानी व्यक्तिको रुपमा निस्किए। नजिकिँदै गरेको छोरीको विवाहका लागि ब्याजमा पनि ऋण दिन कोही तयार नभइरहेका बेला रकम खोजिदिने बताएका साहले नै रकम लिन पठाएका नातामा भाइ पर्ने व्यक्तिको अपहरण गरेर फिरौती असुल्छन् भनेर उनले सोचेका पनि थिएनन्।

तर, तिनै साहले रकम दिने बहानामा भारत पुर्‍याएर अपहरण गरेको तीन दिनमा ऋणकर्जा गरेर फिरौती बुझाएपछि रामचरित्र यादव मात्र मुक्त भएका थिए। विवाहका लागि रकम दिने बहानामा भारत पुर्‍याएर अपरहरण गरी नौ लाख ६० हजार रुपैयाँ फिरौती असुली गरेको साढे चार महिनापछि साहलाई पर्साको वीरगंजबाट पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार बीरगंजबाट पक्राउ गरिएका महोत्तरीको मनरा सिसवा नगरपालिका ४ साँढाका ५५ वर्षीय साहलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्‍यो। पक्राउ गरिएका साहको साथबाट भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहीमा कार्यरत रेञ्जर पदको नक्कली परिचय–पत्रसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।

कसरी पक्राउ परे साह?

सप्तरीको राजविराज नगरपालिका-२ का राजकुमार यादवसँगको सामान्य चिनजानको आधारमा रामचरित्र अपहरणमा परेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साहले दिने कवोल गरेको रकम लिन भारतको पटना जानुपर्ने सुनाइएपछि राजकुमारले रामचरित्रलाई रकम लिन पठाएका थिए। रकम लिन हिँडेका रामचरित्रलाई अपहरण र फिरौतीका योजनाकार विन्देश्वरले पछिल्लो वैशाख १० गते भारतको पटना जाने भने पनि मुजफ्फरपुरमा बसबाट ओराली रेल चढाएर मोतिहारी पुर्‍याएका थिए।

मोतिहारीको स्थानीय होटलमा योजनाकार साहले स्थानीय ३/४ जनाको मिलेमतोमा  रामचरित्रलाई बन्धक बनाएपछि भारतीय नम्‍बरको मोबाइलबाट राजकुमारसँग १० लाख भारतीय रुपैयाँ फिरौती मागिएको थियो। रकमको विषयमा मोलमोलाई गर्ने क्रममा ९ लाख ६० हजार नेपाली रुपैयाँमा कुरा टुङ्गिएपछि राजकुमारले पछिल्लो वैशाख १२ गते वीरगंजस्थित प्रभु विकास बैंकमा नरेशप्रसाद साहको नाममा रहेको खातामा उक्त रकम जम्मा गरिदिएका थिए।

‘बैंकमा रकम जम्मा गरिएपछि भोलिपल्ट रामचरित्र छुटेको र विन्देश्वरले रकम झिकेको खुलेपछि पक्राउ गर्न सहज भयो’ प्रहरी उपरीक्षक विष्टले भने, ‘बैंकको रेकर्ड र सिसी क्यामराको फुटेजका आधारमा अनुसन्धान गर्दा अभियुक्त पक्राउ गरियो।’

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी सहायक निरीक्षक (असई) सुनिल यादवको नेतृत्वमा खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा विन्देश्वर वीरगंजमा देखिएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्टले बताए। पक्राउ गरिएका विन्देश्वरविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दाअन्तर्गत सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.