Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

तीजको नाच हेरेर फर्केका किराना व्यापारीको हत्या

User Photo
शुक्रबार, भदौ २९, २०७५

 कैलालीको जोशिपुर गाउँपालिका–१ जोशिपुर बजारमा एकजना किराना व्यापारीको बिहीबार राती हत्या भएको छ ।

३५ बर्षीय राम प्रसाद ओझाको किराना पसल भएकै घरमा हत्या भएको हो ।

मृतक ओझाको घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।

उनले प्रहरीले घटनास्थललाई सिल गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

बिगत १० बर्षदेखी किराना ब्यबसाय गर्दै आएका ओझा भारु सटहीको समेत समेत काम गर्दै आएका थिए ।

तीज मनाउन गर्भवती श्रीमती माइती गएको बेला ओझाको हत्या भएको हो ।

स्थानीयले दिएको जानकारी अनुसार ओझा बिहीबार राती ११ बजेसम्म जोशिपुर बजारमा भएको नाच हेरेर घरतर्फ गएका थिए ।

उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रहरीले जानकारी दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.