Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

को हुन् काठमाडौंमा एकाबिहानै गाडी ठोक्काउँदै हिँड्ने ‘प्रविन नेपाल’?

User Photo
आइतवार, भदौ ३१, २०७५

काठमाडौँको बानेश्वर क्षेत्रमा विहानै आफ्नो गाडीबाट अरु गाडीहरुलाई ठक्कर दिँदै हिड्ने व्यक्ति एमालेबाट निस्कासित रुकुमका ‘परविरे नेपाली’ भएको खुलेको छ।

१० बर्षअघि एमालेको रुकुम जिल्ला कमिटीको बैकल्पिक सदस्य रहेका उनी झुठ र ठगी धन्दामा संलग्न व्यक्ति भएको जानकारी एमाले स्रोतले दिएको छ।

नेपालीले आइतबार बिहान आफू चढ्ने गाडीले तीनवटा सवारी साधनलाई ठक्कर दिएका थिए।

उनले आफ्नो गाडीको ठक्करबाट पीडितहरुलाई आफू शक्तिशाली मान्छे भएको बताउँदै कुटपिट समेत गरेका थिए।

उनले अनियन्त्रित गतिमा हाँकेको बा ६ च ९२२८ नम्बरको कारले एउटा टाटा मोबाइल गाडी र दुईवटा मोटरसाइकलमा ठक्कर दिएको थियो।

पीडितहरुले उनलाई पछ्याउँदै अनामनगर पारि मदनभण्डारी कलेज अगाडि नियन्त्रणमा लिएका थिए।

एमाले स्रोतका अनुसार, उनी पार्टी र पार्टीका नेताहरुको नाममा ठगी गर्दै हिँड्ने नामुद व्यक्ति हुन्।

‘नाम ‘परविरे नेपाली’ भएपनि आफूलाई प्रविन नेपाल भनेर चिनाउँथे’ स्रोतले भन्यो, ‘एमाले नेता प्रदीप नेपालको भाई हुँ भन्दै आफ्नो परिचय दिने गरेका थिए।’

भेट भएका नेपालीहरुलाई आफूलाई प्रदीप नेपालको भाईको रुपमा चिनाउने नेपालीले विदेशीहरुसँग आफू एमालेको विदेश विभागको सदस्यको रुपमा चिनाउने गर्थे।

‘एक पटक उनी अमेरिकन राजदूतावास पुगेछन्’ नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले भने, ‘त्यहाँ एमालेको विदेश विभागको प्रमुख हुँ भनेर आफ्नो परिचय दिएछन्।’

बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै थुपै्र नेपालीहरुलाई परविरेले ठगेको र त्यही आरोपमा प्रहरी हिरासतमा समेत रहेको स्रोतले बताएको छ।

यस्तै झुठ र ठगी कार्यमा संलग्न भएपछि उनलाई रुकुम एमालेले कार्वाही समेत गरेको रिजालले बताए।

आफू सवार गाडीबाट शुक्रबार बिहान अरु गाडीलाई ठक्कर दिएका नेपालीलाई प्रहरीले पक्राउ गरेपछि पनि आफू शक्तिशाली भएको बताउन चुकेनन्।

कतिसम्म भने, प्रहरी नियन्त्रणमा पुगेपछि उनले अपशब्द प्रयोगका साथ गाली गलौज गर्नुका साथै सुरक्षाकर्मीलाई समेत हप्काएका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.