Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

६० हजारमा चिया पसलमै बन्छ नागरिकताको प्रमाणपत्र

User Photo
बुधबार, अशोज १०, २०७५

सप्तरीबाट किर्ते नागरिकता बनाएकाको सूची थपिँदै गएको छ । यहाँबाट कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भइरहेका बेला थप तीनवटा फेला परेका छन् । ती तीनवटै रकम लिएर चिया पसल, होटेलका कोठामा बनाइएको खुलासा भएको छ ।

पछिल्लोपटक भारतीय नागरिकहरू मन्टुकुमार साह, रामरित रजक र रवि रौनियारको किर्ते नागरिकता फेला परेको हो ।

सप्तरी जिल्ला ठेगाना देखाई किर्ते नागरिकता लिएका एक भारतीय नागरिकले ६० हजार रुपैयाँमा नेपाली नागरिकता लिएको प्रहरीसमक्ष बयान दिएका छन् । केही दिनअघि सुनसरीको इटहरी प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सप्तरी पठाएको भारतीय नागरिक रवि रौनियारले नागरिकता बनाउनुअघि ५० हजार र बनिसकेपछि १० हजार दिएर राजविराजको नेताचोकस्थित चिया पसलमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको बयान दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.