Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

वीरगंजमा बिजुलीको बक्यौता नतिर्ने ५० उद्योगमा प्राधिकरणको डण्डा, धमाधम बिल तिर्न थाले

User Photo
आइतवार, अशोज १४, २०७५

नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले बिद्युत चुहावट नियन्त्रण गरी बक्यौता उठाउने काम तीब्र बनाएको छ।

वीरगंज वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरका अनुसार पछिल्लो ६ महिनामा करिब  ९ करोड रुपैयाँ महसुल उठेको छ । केन्द्रले हाल पछिल्लो बक्यौता तिराउने काम प्रभावकारी रुपमा अघि बढाएको छ ।

वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा ६ सय उद्योगमा टिओडी मिटर जडान भएकोमा थप १५ वटा उद्योगमा करिब २ करोडको छुट बिलिङ भएको अनुसन्धानबाट देखिएकोले तिनीहरुको फाइल प्राधिकरणको मुख्य कार्यालय काठमाडौंमा पठाएको वितरण केन्द्र प्रमुख ठाकुरले बताए ।

‘पहिले २५ वटा उद्योगमा छुट विलिङ भएको पत्ता लाग्यो,उनीहरुसंग उक्त रकम तिराई सकेका छौं,जसमा विश्वकर्मा सिमेन्टले साढे ३ करोडमा एक करोड ३२ लाख तिरेको छ,त्यस्तै प्रकृतिका अन्य १५ वटा उद्योगको फाइल प्राधिकरणको बोर्डमा पठाएका छौ, उताबाट तिराउने महसुल निर्धारण भएर आएमा उनीहरुबाट त्यो रकम असुल गरिन्छ,’उनले भने ।

साथै हाल अनुसन्धानको दायरमा रहेका ५० भन्दा बढी उद्योग मध्येमा पनि ३४ वटा उद्योगमा छुट विलिङको कारण पत्ता लागिसकेको र उनीहरुको पनि फाइल खडा गर्ने कार्य भइरहेको उनले बताए । टिओडी मिटर आधुनिक र वैज्ञानिक मिटर हो,यसले २४ घण्टामा कति विद्युत खपत भएको त्यसको रेकर्ड राख्दछ ।

औद्योगिक कोरिडोरका उद्योगलाई विहान ५ बजे देखि साँझ ५ बजेसम्म एउटा दर, साँझ ५ बजेदेखि राती ११ बजे सम्म दोस्रो र राती ११ बजे देखि विहान ५ बजे सम्म तेस्रो अर्थात सबै कम शुल्क लाग्ने गर्छ ।

बेलुकाको समयमा सबैभन्दा बढी महँगो पर्छ । प्रतिदिन १२० मेगावाटको विद्युत खपत हुने केन्द्र अन्तर्गतका क्षेत्रमा पहिले १० प्रतिशत विद्युत चुहावट हुन्थ्यो अहिले तथ्यांक ऋणात्मक भएको छ। हाल विद्युत चुहावट माइनस २ प्रतिशत देखिएको केन्द्रले जनाएको छ।

केन्द्र  अन्तर्गत ४५ हजार साना ग्राहक छन् भने ६ सयभन्दा बढी औद्योगिक क्षेत्रका ठूला ग्राहक छन् ।

बिजुली चोरलाई समातेर ९३ वटा मुद्दा मार्फत ३३ लाख, लाइन पुनः जडान वापत  ४ करोड ६७ लाख र ८१ जनालाई कालोसूची मार्फत ३९ लाख ४६ हजार र टिओडी(टाइम अफ डे) मिटरमा छुट बिलिङ भएको २५ उद्योगबाट साढे ३ करोड रुपैयाँ गरी  ८ करोड ८९ लाख रुपैया संकलन भएको वितरण केन्द्र प्रमुख ठाकुरले बताए।

नियमित मासिक विद्युत महसुल संकलन भने एक करोड रुपैयाँको हाराहारीमा हुँदै आएको छ । वितरण केन्द्र वीरगंजको वार्षिक करिब ४ अर्ब रुपैयाँको संकलन गर्ने लक्ष्य राखिएको  उनको भनाई छ।

चुहावट गर्ने ७० जना पक्राउ

वीरगंज, पोखरिया र कलैया  वितरण केन्दले छुटाछुटै गस्ती परिचालन गरी आफनो क्षेत्रबाट ७० विजुली चुहावट गर्नेलाई पक्राउ गरी जरिवाना तिराएको  जनाएको छ ।

कलैयाको टोलीले विभिन्न विद्युतीय उपकरणसहित ३९ जना,वीरगंजले १८ जना र पोखरियाले १३ जना गरी जम्मा ७० जनालाई नियन्त्रणमा लिइ करिब ५ लाख  रुपैयाँभन्दा बढीको जरिवाना तिराएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.