Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

निर्मला हत्या प्रकरणः उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन ?

User Photo
मङ्लबार, अशोज १६, २०७५

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ।

पछिल्लोपटक निर्मला हत्या प्रकरणको अनुसन्धान झन् जटिल बन्दै गएको छ। कञ्चनपुर प्रहरीले अभियुक्तका रूपमा प्रस्तुत गरिएका दिलीप विष्टको डिएनए परीक्षण रिपोर्ट गलत आएपछि उनी मुक्त भएका छन्। त्यस्तै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, भीमदत्त नगरपालिका मेयरका भतिजा आयुष विष्ट र अर्का स्थानीय चक्र बडुको डिएनए परीक्षणको रिपोर्ट पनि नकारात्मक आएपछि प्रहरी अनुसन्धान फेरि शून्यमा पुगेको छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीको लापरबाही र हत्याको अनुसन्धान गर्न नौ सदस्यीय टोली खटाएको छ भने कञ्चनपुर प्रहरीले पनि अनुसन्धान जारी राखेको छ।

विगतमा पनि प्रहरी अनुसन्धानमाथि विविध कोणबाट प्रश्न उठ्ने गरेकै थियो। तर प्रहरीले सफल अनुसन्धान गरेर त्यसको जबाफ दिएको थियो। तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही घटनाका अनुसन्धान नटुंगिँदा घाँटीमा काँडा अड्केको बताएका थिए। उनकै समयमा रानीबारी हत्याकाण्ड, बडीखेल हत्याकाण्ड, बहालवाला न्यायाधीश रणबहादर बम हत्याकाण्ड जस्ता चर्चित अपराधको अनुसन्धान टुंगिएको थियो।

नेपाल प्रहरीका लागि निर्मलाको हत्या घाँटीको बिझेको काँडाजस्तै भएको छ। विगतमा प्रहरीको साख जोगाउने र अपराध अनुसन्धानमा उत्कृष्ट घोषित भएका प्रहरी अधिकृतलाई घटना अनुसन्धानमा खटाइएको छैन। उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा चार वर्षअघि पुरस्कृत भएका तत्कालीन एसएसपी सर्वेन्द्र खनाल आफैं प्रहरी महानिरीक्षकको जिम्मेवारीमा छन्। महानगरीय अपराध महाशाखामा रहँदा हालका आइजिपी खनाललाई उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित गरिएको थियो। महाशाखा प्रमुख रहँदा गुन्डा नाइके कुमार घैंटेको इन्काउन्टर गरेर खनाल चर्चामा आएका थिए। यस्तै नेपाली फुटबल खेलाडीको म्याच फिक्सिङ, पेट्रोल पम्पमा हुने गरेको ठगी र बडिखेल हत्याका अभियुक्तलाई पनि उनैले पक्राउ गरेका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.