Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

व्यापारीकै व्यापार विस्तार गर्न खर्च भयाे ‘युवा स्वरोजगार कोष’ काे अर्बाै रूपैयाँ, एउटै व्यापारीलार्इ ५० करोड सम्म

User Photo
बिहिबार, कार्तिक २९, २०७५

विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ।

०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्।

यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न खर्च भएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकममा व्यापक दुरुपयोग भएको जनाएको छ। अनुगमनपछि केन्द्रले तयार पारेको प्रतिवेदनमा तालिमको नाममा समेत भ्रष्टाचार भएको उल्लेख छ।

एउटै व्यवसायीले ५० करोड रुपैयाँसम्म स्वरोजगार कोषबाट लगेको तर लक्षित वर्गमा ऋण प्रवाह नगरिएको प्रतिवेदनमा छ।

कोषको उद्देश्यविपरीत अनौपचारिक शिक्षा हासिलगरेकालाई पनि लगानी गरेको पाइएको छ। यो खबर आजको नयाँ पत्रिकामा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.