Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

अनुदानको नुनमा कालोबजारी

User Photo
आइतवार, मंसिर २, २०७५

बाजुरा  ।ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मूल्य नौ रुपैयाँ रहेको नुन खरिद गर्दा उपभोक्ता २५ रुपैयाँ तिर्न बाध्य छन् । ढुवानी अनुदानको नुन बिक्री गर्ने जिम्मा बाजुरास्थित साल्ट ट्रेडिङ लिमिटेडको डिपोलाई मात्रै छ । डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । ‘डिपोमा जाँदा छैन भन्छन्, पसलमा जाँदा पाइन्छ । व्यापारीबाट खरिद गर्दा हामी बढी मूल्य तिर्न बाध्य छौं’, खप्तड छेडेदह गाउँपालिका–१ की भाना थापाले दुखेसो गरिन् ।

व्यापारीबाट २५ रुपैयाँमा एक किलो नुन किन्नुपर्छ बूढीगंगा नगरपालिकाका भुवन थापाले भने । ‘कर्मचारीले किलोमा चार रुपैयाँ कमिसन लिन्छन् । व्यापारीले २५ रुपैयाँमा बिक्री गर्छन्’, थापाले भने । अरू ब्रान्डका नुन पनि २५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । ‘भानु नुनमा आयोडिन बढी हुने भएकाले धेरैको रोजाइमा पर्दा कालोबजारी मौलाएको हो’, उनले भने । ढुवानी अनुदानको नुन बिक्री गर्न दुई वर्षअघि साल्ट ट्रेडिङले मौरेमा डिपो खोलेको हो ।

‘अन्य ब्रान्डको नुन पनि हामी २५ रुपैयाँमा नै बिक्री गर्छौ । भानु नुन धेरै बिक्री हुन्छ । डिपोबाट पाएपछि बेच्नै पर्यो’, एक व्यवसायीले भने । साल्ट ट्रेडिङ कर्पाेरेसनको मौरे डिपो कार्यालयका कर्मचारी महावीर साउदले भने ढुवानी अनुदानको नुन व्यवसायीलाई बिक्री नगरेको दाबी गरे । ‘उपभोक्तालाई दुई क्विन्टलसम्म दिन्छौं । त्यही नुन कसैले बेच्यो भने हामी केही गर्न सक्दैनाैं’, साउदले भने । डिपोले ९ रुपैयाँमै नुन बिक्री गरेको साउदले जनाए ।

भानु नुन बजारमा छ्यापछ्याप्ती पाइएपछि प्रशासनले पनि निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बजारमा भानु नुन निर्वाध बिक्री भइरहनु कालाबजारीकै कारणबाट सम्भव भएको बताए । यसबारे डिपोका कर्मचारीसँग प्रशासनले सोधपुछ गरेको छ ।

नेपालमा शक्ति, भानु, र आयो नुन बिक्री वितरण हुने गरेको छ । भानु नुन दुर्गम क्षेत्रमा ढुवानी गर्न सरकारले अनुदान दिने गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.